गौतम घिसिङ यो अपराधी हो जसले तिनकुनेका प्रहरीहरूको लुगा खोल्न लगाएर खोलैखोला लखटेको थियो, यस्ता व्यक्तिलाई कडाभन्दा कडा कारबाही जरुरी छ ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् ।
आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथ साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेर ज्यान बचाएका थिए ।
जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको प्रहरीको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो । घिसिङमाथि अनुसन्धान जारी रहेको प्रहरीले काठमाडौं जानकारी दिएको छ ।