Monday, October 20, 2025

प्रहरी कर्मचारीको हौसला उच्च बनाउन गरिएको उत्कृष्ट कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

ट्राफिक प्रहरीद्वारा आयोजना गरिएको ट्राफिक सम्बन्धी सचेतना तथा हौसला प्रदान हुने सांगेतिक कार्यक्रम

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा ट्राफिक सम्बन्धी सचेतना तथा हौसला प्रदान हुने सांगेतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार किरण केसीले ट्राफिक प्रहरी कर्मचारीहरुलाई हौसला प्रदान गर्ने हाँस्य प्रस्तुति दिनुभएको थियो । ट्राफिक प्रहरीलाई रिफ्रेस गराउन नेपाली चलचित्रहरू हेराउने कार्यमा अग्रसर चलचित्र निर्माताहरू रोहित अधिकारी, धिरज तामाङ र चलचित्र वितरक किरण श्रेष्ठलाई कार्यक्रममा कदरपत्रद्वारा सम्मान गरियो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीले ट्राफिक सचेतना सम्बन्धी विभिन्न साँस्कृतिक प्रस्तुति दिएका थिए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा गजल गायक थानेश्वर गौतम, गायक सरोज ओलीको र ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles