जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत सहायक हबल्दार हिरालाल दासलाई अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा रंगेहात स्थानीयले समातेका र कुटपिट गरेको स्थानीय बताउँछन् ।
सहायक हबल्दार दास सर्लाही आएको देखिनै पटक–पटक यस्तै झमेलामा परिरहेका छन् ।
यो घटना सोमबार बिहान करिब ११ बजेको भएको हो । सहायक हबल्दार हिरालाल दासलाई अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा घरमा समातेपछि स्थानीयले हबल्दार दासको रामधुलाई भएको ट्राफिक स्रोत बताउँछन् । सहायक हबल्दार हिरालाल दासको उपचारको क्रममा नमूना अस्पतालमा टाउकोमा ४ ओटा टाका र निधारमा २ ओटा टाका लगाइएको बताइएको छ । यो घटना पछि पराई स्त्रीलाई माइतीको जिम्मा लगाइएको र सहायक हबल्दार हिरालाल दासलाई उनको श्रीमतीको जिम्मा लगाएर पठाइएको जनाइएको छ ।