Sunday, October 26, 2025

महानगरपालिका प्रमुख राजेश सिंहले छठघाठहरुमा गरे अनुगमन:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंज नगरपालिकाका मेयर राजेशमान सिंहले बिरगंजका विभिन्न छठघाटहरूको अनुगमन,गरेका छन् । सुरक्षामा कडाइ र व्यवस्थापनमा सुधारका निर्देशन दिएका छन् । महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले आज महानगर क्षेत्रभित्रका विभिन्न छठघाटहरूको स्थलगत अनुगमन गरेका छन् । उनले घडिअर्वा पोखरी छठघाट, रानीघाट छठघाट,माईधिया पोखरी छठघाट, श्रीपुर पोखरी छठघाट, र आदर्शनगरस्थित स्वीमिङ पुल छठघाट लगायतका प्रमुख स्थलहरूमा पुगेर तयारी अवस्थाको अवलोकन गरेका छन् ।

अनुगमनका क्रममा मेयर राजेश सिंहले प्रत्येक घाटमा भइरहेको सफा–सफाइ, सुरक्षा, प्रकाश व्यवस्था, आवत–जावतको सहजता र सरोकारवालाको समन्वय सम्बन्धी कार्यहरूबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका जनाइएको छ । मेयर राजेशले कमजोरीहरू तत्काल सुधार गर्न, सुरक्षामा विशेष ध्यान दिन तथा सर्वसाधारणलाई सहज र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको स्थानीयले बताउँछन् ।

मेयर राजेशमान सिंहका भनाइ अनुसार छठ हाम्रो आस्था, संस्कृति र पहिचानको पर्व हो । यस पर्वमा जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइनेछ। कुनै पनि घाटमा समस्या नहोस् भन्ने उद्देश्यले महानगरले सबै तयारी पूरा गरेको जनाएका छन् ।
जनताको विश्वास र सहजीकरण नै हाम्रो मुख्य जिम्मेवारी रहेको बताएका छन् ।

मेयरका अनुसार, महानगरले सबै छठघाटहरूमा प्रकाश, सरसफाइ, स्वास्थ्य तथा ट्राफिक व्यवस्थापनका लागि विशेष टिम खटिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles