





जेन-जी आन्दोलनका क्रममा भैसीपाटीको भवनमा आगजनी तथा तोडफोड भई जिर्ण भएकोमा स्थानीय नागरिकद्वारा उक्त भवन निर्माण पुनः सम्पन्न भएको छ ।
निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
साथै उक्त कार्यक्रमका बिशेष अतिथी जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी भवन निर्माणका लागी बिशेष सहयोग पुर्याउने जनप्रतिनिधिज्यूहरु, प्रगती युवा क्लबका प्रतिनिधीहरु र स्थानीय जनसमुदायहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो उक्त कार्यक्रममा भवन निर्माण समितीका पदाधिकारीहरु, जनप्रतिनिधिहरु,भवन निर्माणका सहयोगी दाताहरु , प्रहरी कर्मचारी र सञ्चारकर्मी समेत गरी २५० जनाको सहभागिता रहेको जनाइएको छ ।


