
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रधान कार्यालयको कानुन शाखाले आज जारी गरेको सूचनामा दुई जना प्रहरी हबलदारसहित १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी दिएको हो ।
सूचनाअनुसार गैरहाजिर हुनेमध्ये २ जना हबलदार, २ जना सहायक हबलदार, १ जना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् ।


