
नेपाल प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट तस्करी गरि भित्राएकाे मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार बाणगंगा १० मेचकुरी भन्ने स्थानबाट तस्करी गरेको मल बरामद गरेको हो ।
सीमाबाट तस्करी गरेर गाेदाम गरिएको मल बरामद गरिएको छ । बरामद गरिएको मल शान्तराम चाैधरीकाे घरबाट १५८ , बोरा र दशरथ थारूकाे घरबाट २१ , शिला शान्ति काेहरकाे घरबाट ३३ र सुलिमान मुसलमानकाे घरबाट १४ बाेरा गरि २२६ बाेरा डिएपी मल बरामद गरिएको प्रहरीले जानकारी दिएका छन् ।


