Saturday, November 1, 2025

राजेन्द्र बहादुर अमात्यद्वारा दंगल कुस्ती प्रतियोगिताको उद्घाटन:-

ताजा / भरखरै प्राप्त

वीरगञ्ज, १५ कार्तिक ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२६ सुगौली विर्तामा जारी मेला महोत्सवअन्तर्गत आयोजना गरिएको कुस्ती प्रतियोगिताको भव्य उद्घाटन संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले गर्नु भएका छन् ।

उद्घाटन कार्यक्रममा अमात्यले बोल्ने क्रममा खेलकुदले समाजमा एकता, अनुशासन र सद्भाव फैलाउने भएकाले यस किसिमका प्रतियोगिताले स्थानीय युवा र खेलाडीहरूलाई उत्साहित बनाउने बताउनु भएका छन् । उनलेे भने खेलकुद क्षेत्रमा सरकारले थप लगानी र सहयोग गर्नुपर्नेमा जोड दिने बताएका छन ।

कुस्ती प्रतियोगिताको उद्घाटन भएसँगै भारतका नामचीन पहलवान अब्दुल गनी र नेपालको कुशल पहलवान देवा थापाबीच भएको पहिलो रोमाञ्चक प्रतिस्पर्धाले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो । खेल मैदानमा हजारौँ दर्शकको उपस्थितिसँगै माहोल उत्साहपूर्ण बनेको थियो। मेला भर्खरै प्रारम्भ भए पनि दर्शकहरूको भीड लगातार बढ्दै गएको आयोजकका समितिले जनाएका छन् ।

सुगौली विर्ता मेला महोत्सवको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो कुस्ती प्रतियोगितामा नेपाल र भारतका थुप्रै चर्चित पहलवानहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

कुस्ती प्रतियोगिताको अवसरमा उपस्थित नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दुबे, समानुपातिकका उम्मेदवार शम्भू चौहान, विजय कर्ण, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, विजय उपाध्याय, रोशन लामीछाने, मनोज यादव, मुकेश गुप्ता, मनोज गुप्ता, मनोहर साह, मनोज कुमार साह, संजय चतुर्वेदी, सन्तोष कुमार गुप्ता, गौरीशंकर गुप्ता, अवधेश साह, अगन्त चौरसिया, रुपेश साह,लगायतका व्यक्तिहरूको उपस्थिति रहेको बताइएको छ ।

आयोजक समितिका अनुसार मेला महोत्सवमा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएका छन् ।
मेला आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुने भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles