रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडिमा गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।
गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेका छन्” र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।
गोली चलाउने समूहमा रहेका तीन जना फरार भएका छन् । उनका अनुसार उनीहरुको खोजी भइरहेको छ ।
फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिएका छन् ।


