

मिति २०८२।०७।१९ गते अन्दाजी १२:३० बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिगएको सप्रनाउ पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी SSB 47 BATTALION A COMPANY HEADQUARTERS PANTOKA बाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले नेपाल तर्फ जिल्ला पर्सा वि.म.न.पा.-१६, इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत -१, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०/२२ नजिकै संयुक्त गस्ती गर्ने क्रममा नेपालतर्फ जिल्ला पर्सा वि.म.न.पा. 5 कुम्हालटोल घर बताउने अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-7 बस्ने अन्दाजी वर्ष 28 को संजय कुमार साह कलवार झाडीमा लुकी छिपी बसेको अवस्थामा फेला पर्दा निजहरु बसेको स्थानमा नै बोरा भित्र कटुवा पेस्तोल थान-1 फेला परेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको ।
संयुक्त गस्ती टोलीले नेपाल तर्फ पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१६ इनर्वा र भारत तर्फ पूर्वी चम्पारण जिल्ला, नुनियाडी पंचायत–१, अहिर्वा नजिक सानो सीमा स्तम्भ नं. ३९०/२२ आसपास क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
सुचना अधिकारी
स.प्र.ना.उ.विश्वराज योन्जन
सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्सा ।


