Thursday, November 6, 2025

प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ:-

ताजा / भरखरै प्राप्त

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ थान हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। धमलाले सुरुमा पेस्तोल विक्री गर्न खोजेका थिए। अपरिचित भेषमा प्रहरी भने खरिदकर्ता बनेर उनसमक्ष पुगेको थियो। ग्राहक बनेर गएको प्रहरी र धमलाबीच सुरुमा हतियार हेर्ने र त्यसपछि कतिमा किन्ने भन्ने सहमति भयो।

बिक्रीका लागि हतियार देखाएका धमलालाई अनि मात्र थाहा भयो- खरिद कर्ताले नै हातमा हतकडी लगाइदिए । त्यसपछि प्रहरीले उनको कोठामा पनि खानतलासी गर्‍यो। त्यसक्रममा थप दुई वटा हतियार पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । धमला पठाओ चालक हुन्। उनलाई आज बुधबार पक्राउ गरेको हो। उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले बताए ।
नव जनप्रहारबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles