





भावपूर्ण श्रद्धाञ्जली
कारागार सुरक्षा गार्ड कपिलवस्तु दरबन्दी भई इलाका प्रहरी कार्यालय कोपवा,कपिलवस्तुमा कार्यरत प्रहरी सहायक हवल्दार राम बेलाश यादवको मिति २०८२ कार्तिक २१ गते सवारी दुर्घटनामा परी असमायिक निधन भई स्वर्गारोहण हुनु भएको दुःखद् क्षणमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, र दुःखद यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।
साथै स्व. प्रहरी सहायक हवल्दार राम बेलाश यादवको पार्थिव शरीरलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिषरमा प्र.उ.सन्तोष आचार्यज्यू, प्र.ना.उ. रिपेन्द्र कुमार सिंह, र सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा सम्पूर्ण आधारभूत दर्जाका प्रहरी कर्मचारीले श्रद्धाञ्जली दिई आफन्तको जिम्मा लगाएका छन् ।


