Thursday, November 20, 2025

मोरङबाट तस्करी लाइन सुचारु:-

ताजा / भरखरै प्राप्त

विराटनगर।
मोरङबाट व्यापक तस्करी शुरु भएको खबर छ ।
प्रहरी, सशस्त्र प्रहरीकै सेटिङमै र मिलोमतोमा संगठित तस्करी फैलिएको बताइएको छ ।
पुर्वी नेपालको प्रमुख व्यापारिक नाका रानी क्षेत्रबाट व्यापक रूपमा तस्करी बढेको देखिएको छ ।
तर नियमन र नियन्त्रण गर्ने निकाय नै सेटिङमा चलेपछि कसको के नै पो लाग्छ र ? यस क्षेत्रका एसपी, देखि चौकी इन्चार्जसम्मले आ-आफ्नो भाग खोज्दै घुमुवा खटाएर तस्करहरूबाट पैसा असुल्न थालेको स्थानीयहरू दावी गर्छन् ।

मोरङको प्रमुख व्यापारिक नाका रानी भन्सार नाकाबाट यतिबेला व्यापक तस्करी फस्टाएको छ । तस्करहरूले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रदेश प्रमुखदेखि जिल्ला हुँदै इलाका र चौकी इन्चार्जसम्मलाई लाइन मिलाएर पुनः तस्करी शुरु गरेको स्थानीयहरूले बताएका छन् । तस्करहरूको विभिन्न समूहले मुख्य भन्सार नाकादेखि छोटी नाकाबाट दैनिक करोडौंको भन्सार छलीका सामाग्रीहरु दुवै तर्फ निर्वाध रुपमा पास गर्ने गरेको बताइएको छ । यसैगरी रंगेली नाकाबाट यतिबेला व्यापक तस्करी फस्टाएको छ ।

नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles