रौतहट जिल्लाको चन्द्रपुरमा सशस्त्र प्रहरीले हतियार सहित मकवानपुरका सुमन आचार्यलाई पक्राउ गरेको सशस्त्र प्रहरी राैतहटलट जनाएको छन ।
सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरले रौतहटको गौर चन्द्रपुर सडक खण्डको देउराली चोकबाट अबैध पेस्तोल, म्याग्जीन, गोली तथा विभिन्न कागजात सहित मकवानपुरका युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर गौर सडकखण्डको देउराली चोकमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी घर भएका गुणबहादुर आचार्यका २२ बर्षीय छोरा सुमन आचार्यलाई मेड इन इटाली लेखिएको ब्रेरेटा पेस्तोल १ थान, सोमा लाग्ने म्याग्जिन १ थान, ब्राउनिंग पेस्तोल १ थान, म्याग्जिन एक थान, १३ राउण्ड गोली, खुकुरी १ थान, मोवाइल, एटिएम कार्ड सहित विभिन्न कागजातहरु सहित नियन्त्रणमा लिएको हो,
सशस्त्र प्रहरी बल नेपाल व्युरोले विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरका डीएसपी राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएका सशस्त्र प्रहरीको टोलीले देउराली चोकमा पैदल हिडेर गई रहेको अवस्थामा सशस्त्र प्रहरीलाई शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ परेको सशस्त्र प्रहरी बल नम्वर ११ गण रौतहटका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामहरी अधिकारीले जानकारी दिएका छन् ।
एसपी अधिकारीका अनुसार युवक आचार्यले बोकेको रातो रंगको झोला खोलेर हेर्दा झोला भित्र अत्याधुनिक हतियार, गोली गट्ठा, खुकुरी सहित फेला परेपछि निजलाई पक्राउ गरेको बताएका छन् । पक्राउ परेका युवक आचार्यलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको
बताएका छन् । अबैध रुपमा लिएर गई रहेको हतियार कुन प्रयोजन एवं कसका लागि लिएर आएको हो भने अनुसन्धान पश्चात खुल्ने छन् , राैतहट जिल्लाका सशस्त्र प्रहरी प्रमुख अधिकारीले बताएका छन् ।


