बारा जिल्लाको चिकनी बेलदारीमा तस्कर र प्रहरी विच दोह्रो भिडनत भएको बताइएको छ ।
बारामा गएको राति प्रहरी र तस्करहरुको भिडन्त भएको छ, ७ राउण्ड गोली बारा प्रहरीद्वारा हवाई फयर पनि भएका छन् ।
बारा जिल्ला को पचरौता गाउँपालिका–६ चिकनी बेलदारीमा गएराति प्रहरी र तस्कर समूहसँग जम्काभेट हुँदा ९ राउण्ड गोली चलेको बताइएको छ ।
तस्कर समुहले प्रहरीतर्फ २ राउण्ड फायर गरेपछि प्रहरीले ७ राउण्ड जवाफी फायर गरेको हो।
तस्करहरू ट्र्याक्टर र तस्करीका समान लिएर भाग्न सफल भए पनि प्रहरीले ४ मोटरसाइकल, मोबाइल र सिमकार्ड बरामद गरेको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीको तस्करीमा काडाई बाराका तस्करहरू भागाभाग । बाराको इलाका प्रहरी कार्यालय सेम्रोगढको तस्करी नियन्त्रणमा कडा प्रहार । इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक साह आएको चार दिनमै ५० किलो भन्दा अवैध लागु औषध गाँजा बरामद गरेका छन् र अवैध घरेलु मदिरा र कस्तुरी बियर लगायतका तस्करी पक्राउ गरि सम्भन्दित निकायमा बुझाएको बताएका छन् ।बारा चिकनी बेलदारीमा तस्कर र प्रहरी विच दोहोरो भिडन्त भएको हो, तस्करहरु मोटरसाइकल छाडेर फरार गएको राति १२.३० बजेको समयमा बराप्रहरीले हाफ दर्ज मोटरसाइकल बरामद गरेको बारा प्रहरीले जनाएको छ ।


