





बुधबार रानिपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा कार्कीले पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो । कार्कीलाई डीआईजी ओम अधिकारी सहितका प्रहरी अधिकृतहरूले स्वागत गरेका छन् ।
जेनजी प्रदर्शनसँगै उपत्यकामा सुरक्षाको चुनौती थपिएको जनाइएको छ ।
गत भदौ २४ मा आन्दोलनकारीहरुको आक्रमणबाट सबैभन्दा धेरै क्षति उपत्यकामा भएको बताइएको थियो । उपत्यकामा गिरेको प्रहरीको मनोबल उठाउँदै शान्ति सुरक्षा बहाल गर्नुपर्ने चुनौती कार्कीको काँधमा रहेको जनाइएको छ ।


