Thursday, November 27, 2025

मुस्लिम समुदायका युवाहरू तथा जिम्मेवार नेतृत्वप्रति विनम्र अनुरोध :-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्रीका केही शब्दहरुले मुस्लिम समुदायमा चोट पुगेको कुरा सत्य हो, तर यसलाई केवल आक्रोश झिक्ने अवसरका रूपमा होइन, समय मिलाएर सम्मानपूर्वक प्रधानमन्त्रीसँग भेट गरी मुस्लिम समुदाय र विशेषगरी मुस्लिम महिलाहरूको शिक्षा, सीप विकासका उपायहरू उठाउन गर्न सकारात्मक अवसरका रूपमा उपयोग गरौँ।
यदि हामीले सभ्य र शान्त तरिकाले समुदायको हितका लागि अघि बढ्न सक्यौँ भने यसले समुदायको हित मात्र होइन, आपसी सद्भाव र राष्ट्र एउटा जटिल अवस्थामा भएको बेला सदा जस्तै हाम्रो समुदायले राष्ट्र प्रति देखाउने मायाको निरन्तरता पनि झल्काउने छ ।

मुस्लिम नागरिक समाज धनुषाले सामान्य प्रधानमन्त्री सुशिला कार्कीज्यूद्वारा मुस्लिम समुदायप्रति देखिएको बेवास्ता र अन्यायपूर्ण व्यवहारको विरोधस्वरूप राष्ट्रपति कार्यालय शितल निवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जिल्ला प्रशासन कार्यालय धनुषामार्फत महत्वपूर्ण ज्ञापनपत्र बुझाएको छ । यस पहलमा अगुवा नेता हाकिम राइन, जेन्जी युवा अभियन्ता जावीर हुसेन, तम्मन्ना भाटिया, मो. इसराफूल, अब्दुल करिम,मो.सफिद,गुलाम नबी,रमजान अलि, सकिल राईन,मो. सदाम लगायत मुस्लिम युवाहरूको सक्रिय सहभागिता रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles