Thursday, November 27, 2025

बारा प्रहरीद्वारा उमेर नपुग्दै विवाह गर्ने र गराउने दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

उमेर नपुगेकी बालिकासंग विवाह गर्ने-गराउने व्यक्तिहरूलाई बारा प्रहरीले नियन्त्रणमा” लिएको छ ।
मंसिर १० गते, राती अं.२२:३० बजेको समयमा जिल्ला बारा साविक गा.वि.स.हरैया वडा नं.२ हाल परिवर्तित ऐ. करैयामाई गाउँपालीका वडा नम्बर १ हरैया टोल बस्ने बर्ष ४४ को जाकिर हुसेन देवानले आफ्नै छोरीको विवाह गर्ने उमेर नपुगेकी छोरीको विवाह पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक गान्सु प्रान्त बस्ने अनि बालुबाको छोरा वर्ष २२ को NIU, YUBIN राहदानी नम्बर EQ3877404 संग आफ्नै घर भित्र विवाह गराई रहेको सुचना प्राप्‍त भएपछि प्रहरीले उक्त स्थानमा गई प्रहरी निरीक्षक प्रकाश खड्काको कमाण्डमा र प्रहरी चौकी मधुवन बाराबाट प्र.स.नि.शम्भु प्रसाद यादव समेतको टोली खटिई गई हेर्दा बेहुला बेहुलीको भेषमा समाजिक रितिरिवाज अनुसार विवाह गर्दै गरेको अवस्थाबाट विवाह गर्ने उमेर नपुकेकी नबालिकालाई उद्दार गरी विवाह गराउने-गर्ने गराउने समेतलाई नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालत बाट (पाँच) दिनको म्याद लिई थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा करैयामाई गाउँपालिका वडा -१ हरैया टोल बस्ने जाकिर हुसैन देवान रहेको बारा प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles