



सिरहा जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत रहेको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा उपचार भइरहेको सिरहाका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ, र घाइतेहरुको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको छ । दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध भएको स्थानीय बताउँछन्” सुरक्षाकर्मीहरु तथा स्थानियहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।


