





नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छन् ।
नेपाल मुस्लिम समाज संघ पर्साले प्रधानमन्त्री सुशीला कार्कीले हालै सार्वजनिक रूपमा व्यक्त गरेको भनाइप्रति गम्भीर आपत्ति जनाउँदै अज शुक्रबार नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा पत्रकार सम्मेलन गरेको छन् । संघका अध्यक्ष महबुब अली (उर्फ शेरू) द्वारा हस्ताक्षरित प्रेस वक्तव्य सार्वजनिक गर्दै संघले प्रधानमन्त्रीको अभिव्यक्ति कुनै प्रकारको एडिटिङ वा कृत्रिम प्रविधि (AI) को प्रयोगबिना नै सत्य रूपमा प्रसारित भएको हो भने, उक्त अभिव्यक्ति मुस्लिम समुदाय मात्र होइन, सम्पूर्ण देशकै सामाजिक सद्भाव र समावेशितामाथि गम्भीर प्रभाव पार्ने जनाएको बताएको छन् ।
नेपाल मुस्लिम संघ पर्सा बिरगंजले । प्रधानमन्त्री सुशिला कार्कीज्यूले सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिलाई लिएर पर्साका मुस्लिम समुदाय आक्रोशित बनेको छन् । इस्लाम धर्म र मुस्लिम समुदायको इतिहाससँग जोडिएका संवेदनशील विषयमा प्रधानमन्त्रीज्यूले दिएको टिप्पणी पक्षपातपूर्ण, उत्तेजनापूर्ण र समुदायमा आघात पुग्ने खालको रहेको भन्दै मुसलिम समाज पर्सा द्वरा पत्रकार सम्मेलनको आयोजना गरी ती अभिव्यक्ति तुरुन्त फिर्ता लिन माग गरेको छन् ।
प्रेस वक्तव्यमा भनिएका छन्” मुस्लिमसहित कुनै पनि धर्म, जाति वा संस्कृतिमाथि अपमानजनक, गलत वा अवमाननापूर्ण टिप्पणी सार्वजनिक पदमा बसेका व्यक्तिबाट कदापि अपेक्षित हुँदैन ।
नेपाल जस्तो बहुलतावादी र समावेशी मुलुकमा प्रत्येक नागरिकलाई आफ्नो धर्म, भाषा र संस्कृतिसँगै जीवन यापन गर्ने पूर्ण संवैधानिक अधिकार छ ।
मुस्लिम संघले संवेदनशील समुदायलाई लक्षित गरी व्यक्त हुने अभिव्यक्तिले सामाजिक सौहार्द, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा दिर्घकालीन नकारात्मक प्रभाव पार्नसक्ने चेतावनी दिँदै, यस्तो व्यवहार कानुनी तथा नैतिक दृष्टिले पनि अस्वीकार्य हुने स्पष्ट गरेको बताइएको छ ।
संघका मागहरू नेपाल मुस्लिम समाज संघले सरकारसमक्ष निम्न ध्यानाकर्षणहरू गराएको छाैं, प्रधानमन्त्रीबाट विवादित अभिव्यक्तिबारे तत्काल सार्वजनिक स्पष्टीकरण जारी गर्नु पर्छ।
कुनै पनि समुदायमाथि अपमानजनक वक्तव्य दोहोरिन नदिन आवश्यक संवैधानिक र नैतिक मापदण्ड कडाइका साथ पालन गरिनुपर्छ।
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संवेदनशील समुदायको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम अविलम्ब अघि बढाउनु पर्छ । संघले आफू सदैव सामाजिक समावेशिता, समानता र राष्ट्रिय एकताको पक्षमा रहेको र भविष्यमा पनि यिनै मूल्यहरूलाई मजबुत बनाउन सक्रिय रहने प्रतिबद्धता जनाएको छ। पत्रकार सम्मेलनमा पूर्व मन्त्री करिमा बेगम, राजनीतिकर्मी शशी कपुर मियाँ, जन्नत अन्सारीलगायत मुस्लिम अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ ।


