Friday, November 28, 2025

स्रोत नखुलेको १० लाख सहित भारतीय नागरिक पर्सा प्रहरीद्वरा पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सामा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र शाह रहेको पर्सा प्रहरीले बताउँछन् ।
शाहलाई आज शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका – १६ रजतजयन्ती चोक सडकबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्साका बीरगञ्ज भन्सार क्षेत्रबाट १० लाख हुण्डीसहित भारतीय नागरिक पर्सा प्रहरीद्वारा पक्राउ परेका छन् ।पर्सा प्रहरीले १० लाख भन्दा बडी रकम श्रोत नखुलेको हुण्डी रकमसहित एक जना भारतीय नागरिक सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो, पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ले बताएको छन् ।पर्सा प्रहरीले बरामद गरेको रकम विवरणः रु १,००० दरका नोट — ७,००,००० रु ५०० दरका नोट ३,२०० थान — १६,००,००० रु २०० दरका नोट २,६६५ थान — ५,३३,००० रु १०० दरका नोट ४२ थान — ४,२०० रु ५० दरका नोट ७० थान — ३,५०० जम्मा बरामद रकम: रु १५,०४,७०० रहेको पर्सा प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles