Friday, November 28, 2025

पर्सा जिल्लाका बिरगंज हुण्डीको अवैध कारोबारको अखडा बन्दै:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्ला को बिरगञज अवैध कारोबारको अखडा बन्दैगएको देखिन्छ । नेपाल–भारत सीमाको प्रमुख प्रवेश द्वार मानिने बिरगंज व्यापार, औद्योगिक गतिविधि र सांस्कृतिक सहअस्तित्वको केन्द्रको रूपमा दशकौँदेखि परिचित छ। तर पछिल्ला वर्षहरूमा यही सीमा नगरी हुण्डी जस्ता अवैध वित्तीय कारोबारको प्रमुख केन्द्र बन्दै गएको छ। खुला सीमा, अपर्याप्त निगरानी र संगठित आर्थिक नेटवर्कले बिरगंजलाई अवैध पैसाको ‘ट्रान्जिट हब’ मा रूपान्तरण गरिरहेको छ।


स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट रु १५ लाख बरामद भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार निजको साथबाट स्रोत नखुलेको रू एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र रु पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् रु छ लाख ५० हजार बरामद गरिएको हो ।यस्तै, रु १०० र ५० का अन्य रकमसमेत बरामद गरिएको छ । प्रवक्ता बस्नेतले पक्राउ परेका पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।


नेपाल–भारतबीचको खुला सिमालाई सहज आवागमनका लागि बनाइएको हो, तर अपराधी समूहहरूले यसको दुरुपयोग गर्न सिकेका छन्। साना–ठूला व्यापारी, बिचौलिया र संगठित दलालहरूले भारतीय बजारबाट रकम भित्र्याउने, बाहिर पठाउने तथा मध्यस्थता गर्ने काम सरलै गर्न सक्छन् ।
यसले वैध बैंकिङ प्रणालीलाई कमजोर बनाउने मात्र होइन, राजस्व चुहावट, आर्थिक अपराध र विदेशी मुद्राको अस्वस्थ प्रवाह बढाउँछ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पैसा पठाउने सस्तो, छिटो तरिका खोज्ने गर्छन्। यही कमजोरीलाई अवैध हुण्डी कारोवारले अवसरका रूपमा लिन्छ।वैद्य बैंकिङ प्रणालीको नियम, कागजी प्रक्रिया र शुल्कबाट बच्न धेरैले अझै पनि अनौपचारिक माध्यम रोज्छन्।तर यसले राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने, विदेशी मुद्राको अभाव सिर्जना गर्ने र वित्तीय अनुशासनमा खलल पु¥याउने जस्ता गम्भीर परिणाम ल्याउँछ।
हुण्डी कारोवार प्रायः एक–दुई व्यक्तिको हातमा मात्र सीमित हुँदैन।सीमापार नेटवर्क, स्थानीय बिचौलिया, साना व्यवसाय धन्दा र कहिलेकाहीँ प्रशासनिक संरचना भित्रका व्यक्तिहरूको मिलेमतोले यस्तो कारोबार फलफूल हुन्छ।

कहिलेकाहीँ राजनीतिक संरक्षण वा ‘हेर्दैन’ प्रवृत्तिले यस्तो अपराधलाई निरुत्साहित गर्नुपर्ने दबाबलाई कमजोर बनाउँछ।प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान एजेन्सीहरूले समय–समयमा छापा मार्ने, रकम बरामद गर्ने वा बिचौलिया पक्राउ गर्ने घटना देखिन्छन्।तर यो जरा गहिरो गाडिएको आर्थिक अपराध भएको कारण, चौतर्फी समन्वय, आधुनिक प्रविधि, निगरानी र कडा दण्डबिधान बिना पूर्ण रूपमा नियन्त्रण कठिन देखिन्छ।
बिरगंज केवल भौतिक व्यापारको जमघट मात्र होइन, देशको अर्थतन्त्रका लागि अत्यन्त संवेदनशील प्रवेशद्वार पनि हो।यदि हुण्डी जस्ता अवैध गतिविधिहरू नियन्त्रणमा ल्याउन सकिएन भने यसले राष्ट्रिय राजस्व, आर्थिक विकास र वित्तीय स्थिरता सबैमा नकारात्मक प्रभाव पार्नेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles