
पर्साका बीरगंज यातायात व्यवस्था कार्यालयमा प्रमुख कुशेश्वर साह र वरिष्ठ इन्जिनियर नितेश्वर राय यादवबीच रकम बाँडफाँडको बिसयमा विवाद उत्पन्न भएको बताइएको छ, दुबै जना बीच हातपातको अवस्था सम्म पुगेका एक जना कर्मचारीले बताउँछन् ।
बिरगंजको यातायातका सरकारी कार्यालयमा भ्रष्टाचार र आन्तरिक कदाचार यथावत् रहेको भन्दै कर्मचारीहरू चिन्तित रहेको देखिएका छन्।
यो घटनाको मूल कारण घुस रकमको बाँडफाँडमा मतभेद’ भएको बुझिन्छ,
यातायात विभाग बिरगंजका स्रोतअनुसार प्रमुख साहले सेवाग्राहीसँग अनौपचारिक रुपमा उठाइएको घुसका रकम अन्य कर्मचारीसँग बाँडफाँड नगरेको आरोप लाग्दै आएको जानकारी प्राप्त भएको छ, यही विषयमा असन्तुष्टि बढ्दै गएपछि वरिष्ठ इन्जिनियर यादव र साहबीच विवाद चर्किएको र स्थिति झन्डै हातपातसम्म पुगेको जनाइएको छ । एक जना कर्मचारी प्रत्यक्षदर्शीको भनाईका अनुसार उनीहरू दुवै जना केही दिन देखि आक्रोशित रहेका थिए । हामीहरु नभएकोभए आज झगडा हातपात हुने सम्म पुगथियो, यातायात कार्यालय भित्र घटना भए लगत्तै कार्यालयमा केही समय तनावपूर्ण वातावरण बनेको एक कर्मचारीले बताएका छन् ।


