Friday, November 28, 2025

सामान्य बिबादमै हत्याः समाजमा बढ्दो हिंस्रक मनोवृत्तिको गम्भीर संकेत सुशीला घिमिरे काठमाडौं ।

ताजा / भरखरै प्राप्त

सामान्य झगडा, कुटाकुट वा सानो मतभेदकै कारण मानिसले ज्यान गुमाउनु आजका दिनमा असामान्य घटना रहेन। दैनिक समाचारहरूमा देखिने यस्ता घटनाहरूले नेपाली समाजमा हिंसाकै सहारा लिएर समस्या समाधान गर्ने प्रवृत्ति तीव्र बन्दै गएको संकेत गर्छ।टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । माया मगर भनिने आयुषा मगर नाम गरेकी युवतीलाई सूर्य थापा नाम गरेका व्यक्तिले हत्या गरेको खुलेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले थापाले ५ सयको विवादमा ती युवतीको हत्या गरेको पाइएको बताए ।शनिबार बिहान ८ बजेतिर तन्नाले बेरेको अवस्थामा शव भेटिएको थियो । टोखाको मिलनटोल नयाँ बसपार्कस्थित होटल रोयल कुन्डलाको स्टाफ रुपमा रहेको तन्ना र तकियाको खोलमा भएको ट्याग नै भेटिएको थियो । त्यसपछि प्रहरीले उक्त होटलका साहु र म्यानेजरलाई घटनाबारे सोधपुछ गरेको थियो । सोही होटलमा काम गर्ने २४ वर्षीय सूर्य थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।प्रहरीले पक्राउ गर्दा उनी मदिराको नसामा थिए । प्रारम्भिक सोधपुछकै क्रममा उनले हत्याको घटना स्वीकार गरेको प्रहरीले बताएको छ ।अनुसन्धानको क्रममा हत्याको मुख्य कारण पाँच सय रुपैयाँ रहेको प्रहरीले बताएको छ । अन्दाजी १५ दिन जति अघि आयुषा र अर्को डोल्मा नाम गरेका दुई जना राति १२ बजेतिर उक्त होटलमा आएका थिए ।त्यतिबेला आयुषाले सूर्यसँग पाँच सय रुपैयाँ मागेर लगेकी थिइन् ।ब्राउन सुगर किन्न भनेर पाँच सय रुपैयाँ सापटी लगेको सूर्यले बताएका छन् । त्यही पाँच रुपैयाँ सापटी माग्दा आयुषाले दिन्न भनेपछि २६ कात्तिकको राति सूर्यले हत्या गरेको प्रहरीले बताएको छ ।सीसीटीभी फुटेजमा समेत तन्नाको पोको होटलबाट राति १ः५२ बजे निकालेर लगेको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।ब्राउन सुगर किन्न लगेको रकम माग्दा नदिने बताएपछि सूर्यले जुत्ताको तुनाले आयुषाको घाँटी कसेको प्रहरीले बताएको छ । घाँटी कसेर हत्या गरेपछि कालो ठूलो प्लाष्टिकमा प्याक गरेर तन्नाले बेरेर फालेको उनले प्रहरी समक्ष बताएका छन् ।मनोवैज्ञानिकहरूले सामान्य विवाद हत्यामा परिणत हुनुको प्रमुख कारण भावनात्मक नियन्त्रण क्षमताको कमीलाई मान्छन्। असहिष्णुता, रिसलाई रोक्न नसक्ने प्रवृत्ति र ‘तत्काल प्रतिक्रिया’ दिने बानीले सामान्य विवाद पनि मृत्युंजेल व्यापक बन्न पुग्छ।रोजगारी अभाव, आर्थिक असन्तुलन, पारिवारिक तनाव तथा सामाजिक असुरक्षाले मानिसहरूमा मानसिक दबाब बढाइरहेको छ। यस्तो दबाब साना विवादहरूमा पनि हिंसातर्फ उन्मुख हुन सहयोगी कारक बन्ने अध्ययनहरूले देखाउँछन्।थुप्रै घटनाहरूमा विवादलाई हिंसामा रूपान्तरण गर्ने मुख्य उत्प्रेरक मदिरा तथा लागूपदार्थको दुरुपयोग रहेको पाइन्छ। नशाले निर्णय क्षमता कमजोर बनाउँछ, जसले आक्रामक व्यवहार सतहमा ल्याउँछ र अन्ततः ज्यान जाने अवस्था उत्पन्न हुन्छ।सडकदेखि घरायसी वातावरणसम्म, सामाजिक व्यवहारमा कानुनी शासनको प्रभावकारी उपस्थिति नहुँदा हिंसात्मक घटनामा कमी आउने देखिंदैन। दण्डहीनताको भावना बढेपछि सामान्य विवादमा समेत ‘केही हुँदैन’ भन्ने सोचले व्यक्तिलाई हिंसा गर्न उकास्छ।विवाद समाधान गर्ने सांस्कृतिक मूल्य—जस्तै परिवारको हस्तक्षेप, समुदायका अगुवाको भूमिका, मेलमिलापको प्रक्रिया—पहिलेको जस्तो सक्रिय छैन। फलस्वरूप, संवादभन्दा हिंसालाई छिटो समाधान मान्ने गलत सोच फैलँदै गएको छ।मानसिक स्वास्थ्य परामर्श तथा क्रोध–नियन्त्रण तालिमलाई समुदायस्तरमै उपलब्ध गराउनुपर्छ।मदिरा तथा लागूपदार्थ दुरुपयोग नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ।कानुनी कठोरता र छिटो न्यायिक प्रक्रिया मार्फत दण्डहीनता हटाउन सकिन्छ।विद्यालयदेखि समुदायसम्म अहिंसात्मक व्यवहार, संवाद र समस्या समाधान सीप सिकाउने अभ्यास विस्तार हुनुपर्छ।सामान्य विवादमा हत्या हुने क्रम बढ्नु केवल व्यक्तिगत विफलता होइन, समग्र समाजको मानसिक, सामाजिक र कानुनी स्वास्थ्य कमजोर हुँदै गएको संकेत हो। समयमै हस्तक्षेप गर्न सके मात्र यो प्रवृत्तिलाई नियन्त्रणमा ल्याउन सकिन्छ।नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles