

पर्सा जिल्ला, पटेर्वा सुगौली गा.पा. वडा नं. ०२ रङ्गपुर टाडी टोलस्थित ई.प्र.का. पटेर्वा सुगौलिबाट प्र.नि. प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले मनवाबाट रङ्गपुर तर्फ आउँदै गरेको अवस्थामा B AB 2398 नेपाली नम्बरको मारुती सुजुकी गाडीमाथि शंका लागि रोकी चेकजाँच गर्दा प्लास्टिकका १० वटा बोरामा १०४ किलो ३२५ ग्राम लागुऔषध गाँजा जस्तो देखिने वस्तु र निम्न मानिस सहित उक्त गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि तालुक कार्यालयमा पठाइएको छ । पक्राउ पर्नेमा चालक जिल्ला मकवानपुर भिमफेदी गा.पा. वडा नं. ८ धर्के महावीर टोल बस्ने अन्दाजी वर्ष ३२ का भिम स्याङताङ र सो गाडीमा सवार मकवानपुरगढी गा.पा. वडा नं. १ आपटार टोल बस्ने अन्दाजी वर्ष ३८ का कुमार स्याङताङ रहेको छन् ।


