Wednesday, December 3, 2025

सुनाैलीबाट दिल्ली जाँदै गरेको बसमा भीषन आगलागी:-

ताजा / भरखरै प्राप्त

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी, अधिकांश यात्रु नेपालको बुटवलका रहेको छन् ।
हिजो सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा नेपाली यात्रु घाइते भएका छन् । बसमा कुल ४५ यात्रु सवार रहेका थिए, जसमा धेरै जना बुटवलका आसपासका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सोमबार राति नेपाली यात्रु बोकेको बस दुर्घटनामा परेर दुई जना नेपालीको मृत्यु भएकोबताइएको छ । दुर्घटनामा २४ जना गम्भीर घाइते भएको जनाइएको छ । बुटवलको शुभसाइत ट्राभल्स मार्फत टिकट काटेर भारततर्फ गएका ४५ जना यात्रु सवार बस (यूपी २२ एटी ०२४५) गरेको राति करिब २ बजे बलरामपुर नजिक दुर्घटनामा परेको जनाइएको छ । ट्राभल्सका अनुसार मृतक र घाइते सबैजसो बुटवल तथा आसपासका क्षेत्रका रहेका छन् । दुर्घटना भारतीय ट्रकसँग र बस ठोक्किएपछि,भएको र त्यसपछि आगो लागेर यात्रुहरू जलेर घाइते भएको भरतिय मिडियामा जानकारी आएको छ ।
भारतिय मिडियाले प्रतिक्रिया दिएका छन् । शुभसाइत ट्राभल्सका अनुसार भने बसमा रहेका सबै यात्रु बुटवलबाटै प्रस्थान गरेका थिए, जसका कारण मृतक र घाइतेको पहिचान त्यही क्षेत्रका हुने अनुमान गरिएको छ।
दुर्घटनाका घाइतेहरूलाई भारतकै स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles