Wednesday, December 3, 2025

सशस्त्र प्रहरी राैतहटद्वारा नक्कली नोट सहित ३ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

नक्कली रुपैयाँ सहितको पक्राउ पर्नेमा गेनालाल राउत कुर्मी,, अजय पटेल,, जयप्रकाश कुमार” रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल राैतहटले पक्राउ गरेको ब्याक्तीहरु रौतहट जिल्लाका ईशनाथ नगरपालिका–४ लतमरी सीमाबाट नक्कली नेपाली नोट सहित तीन जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी औरैयाका सशस्त्र प्रहरी निरीक्षक ले जनाएका छन् । आज मंगलबार साँझ सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको टोलीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको पल्सर मोटरसाइकल चेक जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार , र रौतहट जिल्लाका देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षिय गोनालाल राउत कुर्मी र २० वर्षीय अजय पटेल पक्राउ परेका छन् । उनीहरूको साथबाट १,००० दरका ११८ थान नक्कली नोट बरामद भ‌एको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles