Wednesday, December 3, 2025

सेटिङ भएर आएको लाखौंको काजु सशस्त्र प्रहरी धनुषाद्वारा बरामद:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लामा लामो समयदेखि रोकिएको तस्करी पुनः सुचारु भएको छ । धनुषाको खजुरी नाका र जटही नाकाबाट नेपाल प्रहरीका हवलदार रमेश यादवले सेटिङ गराएको तस्करीका काजु सशस्त्र प्रहरी धनुषाले बरामद गरेका छन् ।
सशस्त्र प्रहरीले चोरीपैठारी गरी नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद गरेको सशस्त्र प्रहरी धनुषाले जनाएको छ । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट १३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको काजु बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई-छिपाई राखेको अवस्थामा १ हजार ३ सय ७० किलोग्राम काजु सशस्त्र प्रहरीले बरामद गरिएको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी नं ८ गण धनुषाका सशस्त्र प्रहरी प्रमुख (एसपी)ले जनाएको अनुसार १३ लाख ७० हजार मूल्य बराबरको १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरेको हो,बरामद भएको काजु धनुषा जिल्लाको जनकपुर भन्सार कार्यालयमा बुझाइएको हो, धनुषाका सशस्त्र प्रहरी प्रमुखले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles