Wednesday, December 3, 2025

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् ।मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो ।
तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिए ।विश्वासको मत पाउने अवस्था नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् ।
प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles