

पर्साका वीरगञ्ज महानगरपालिकाको सहयोगमा बिरगंज–रक्सौलको मितेरी पुल क्षेत्रको सौन्दर्यकरण अभियान अन्तर्गत आज घाँस रोप्ने काम औपचारिक रूपमा सुरु गरिएको जनाइएको छ । बिरगंज महानगरपालिका सहयोगमा यस कार्यले सीमाक्षेत्रमा हरियो परियो पार्क सौन्दर्य वृद्धि गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ ।
कार्यक्रम ग्रीनसिटीका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा हरियो घास रोपाइँ सम्पन्न भएको छ ।
खेतानका अनुसार, उनीहरू करिब एक महिनादेखि लगातार नाका क्षेत्रलाई हरित र आकर्षक बनाउनमा लागिपरेका छन्।
खेतानले भने बिगत १ महिनादेखि हामी निरन्तर सफाइ, हरियाली र सौन्दर्यकरणमा जुटिरहेका छौँ । वीरगञ्जलाई सुन्दर बनाउने हाम्रो प्रयासलाई आज घाँस रोपाइँले थप गति दिएको छाैं ।
यस् कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अबिन्द लाल कर्ण, नगर प्रहरी प्रमुख भुसाल, सरसफाई प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी तथा ग्रीनसिटीका पदाधिकारीहरू समेत उपस्थित रहेको थियो ।


