पाल्पामा प्रहरीले ६० क्वीन्टल युरिया मल बरामद भएको छ ।
जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको प्रहरीले जनाएको छ ।स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्दा ६० क्वीन्टल मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालकसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।


