Thursday, February 26, 2026

सर्वपक्षीय बैठकमा सुरक्षा निकायको प्रतिवद्धता चुनावी सुरक्षाका लागि पूर्ण रुपमा तयार छौँ :-

ताजा / भरखरै प्राप्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार डाकेको सर्वपक्षीय बैठकले आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचन तयारीका बारेमा छलफल गरेको छ ।बैठकमा सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग तथा सुरक्षा निकायका शीर्ष प्रतिनिधिहरू उपस्थित थिए।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षा निकायहरूले चुनावी सुरक्षाका लागि पूर्ण तयारी भइसकेको स्पष्ट रूपमा बैठकमा प्रस्तुत गरेको जानकारी दिए ।‘सुरक्षा निकाय फागुन २१ को चुनाव शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन पूर्ण तयार रहेको छ,’ मन्त्री खरेलले भने।निर्वाचन आयोगका पदाधिकारीहरूले पनि चुनावी कार्यसूचीअनुसार सबै तयारी अघि बढिसकेको र आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पक्ष निरन्तर अघि बढिरहेको ब्रिफिङ बैठकमा प्रस्तुत गरेको मन्त्री खरेलले बताए।
उनका अनुसार सरकारले चुनाव सम्पन्न गर्न आवश्यक वातावरण निर्माणका लागि आवश्यक संयोजन र सहयोग जारी राखिरहेको छ। यद्यपि केही राजनीतिक दलहरूले देशभरको सुरक्षा स्थिति झनै चुस्त बनाउनुपर्ने सुझाव राखेका छन् ।
नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles