Tuesday, May 19, 2026

मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस एक आपसमा ठोक्कियो:-

ताजा / भरखरै प्राप्त

मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् ।घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ ।

विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए । बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles