आफ्नै ४ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक असई. पुष्कर कार्की पक्राउ परेका छन् । आइतबार दिउँसो सिनामंगलस्थित कोठा भाडा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका थिए भने श्रीमतीलाई कुटपिट पनि गरेका थिए ।
त्यसपछि फरार भएका असई कार्कीलाई बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार जन्मेदेखि नै ब्रेन ट्युमरका कारण बिरामी रहेर उपचाररत शिशु सुतेकै अवस्थामा रहेका बेला असई कार्कीले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका हुन् ।
पक्राउ परेका कार्की अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण रहेको छन् ।


