


लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मिति २०८२।०८।२२ गते सुनवर्षी नगरपालिका र नारी उत्थान सुनवर्षीको संयुक्त आयोजना तथा यस कार्यालय मातहत प्रहरी चौकी अमरदह मोरङको सहकार्यमा जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. ०२ पिपल चोकमा अमरदह मा.वि., अरनी बोर्डिङ स्कूल र डन बक्स बोर्डिङ स्कूलमा अध्ययनरत २०० जना विद्यार्थीहरुको उपस्थितिमा जनचेतनामूलक कार्यक्रम सहितको र्याली सम्पन्न भएको छ ।


