
मोरङका प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१ हटियाडाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रकबाट प्रहरीले ठूलो परिमाणको अवैध लागू औषध गाँजा बरामद गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले शंका लागेपछि ट्रक रोकेर जाँच गर्दा डल्लाभित्र फल्स डल्ला बनाई लुकाइ–छिपाइ राखिएको अवस्थामा ६७८ किलोग्राम प्रतिबन्धित गाँजा फेला परेको छ ।
घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक धनकुटा– सहिदभूमि गाउँपालिका–२ बस्ने समेल राई र ट्रकका मालिक भूमि नगरपालिका–१ का विक्रम विशुङ्खेलाई प्रहरीले नियन्त्रणमा लिएर सिजुवा प्रहरी जनाएको छ ।


