Sunday, February 1, 2026

गोली हानी हत्या गरेर फरार रहेको निरज चाैधरी प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा गोली हानी हत्या गरेको अभियोगमा फरार रहेका महावीर चौधरी बुधबार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाको संयुक्त टोलीले उनलाई कैलारी गाउँपालिका–५ को बैजपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका ५१ वर्षीय महावीर लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ भएको पुष्टि भएको छ।

डिल्लीबहादुर चौधरीले पनि अनलाइनखबरसँग संक्षिप्त मन्तव्य दिँदै महावीर आफूका सहोदर भाइ भएको उल्लेख गर्दै उनको गिरफ्तारीबारे जानकारी प्राप्त गरेको बताए। राजापुरस्थित ‘हमार थारू रेष्टुरेन्ट’मा निरजमाथि गोली प्रहार गरी घाइते बनाइएपछि उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा घटना उजागर भएको थियो। घटनापछि महावीर मोटरसाइकल चढेर कैलालीतर्फ फरार रहेका थिए।

इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार महावीरको साथबाट पेस्तोल बरामद गरिएको छ। बरामद हतियार नै हत्यामा प्रयोग गरिएको हो वा होइन भन्ने थप परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ। यसअघि यस घटनामा संलग्न रहेको आरोपमा रेष्टुरेन्ट सञ्चालक रामकुमारी चौधरी, उनका श्रीमान् बुद्धिप्रसाद चौधरी र छोरा राहुल चौधरीलाई प्रहरीले गिरफ्तार गरिसकेको छ।

प्रहरीका अनुसार महावीर फरार हुँदा निरजकै मोटरसाइकल प्रयोग गरेका थिए, जुन मोटरसाइकल पनि बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles