Thursday, February 26, 2026

एमाले केन्द्रिय सदस्यका लागि अछाममा सात जनाको उम्मेदवारी:-

ताजा / भरखरै प्राप्त

नेकपा एमालेको केन्द्रिय सदस्यका लागि अछामबाट सात जनाको उम्मेदवारी परेको छ ।काठमाडौंको भृकुटीमण्डपमा जारी ११ औँ महाधिवेशनमा अछामका सातजना नेताले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउनेमा खुला तर्फबाट झपटबहादुर बोहरा, यज्ञबहादुर बोगटी, केशर बहादुर साउँद, (के.बि), बमबहादुर बिसी, सुदूरपश्चिम युवा कलस्टरबाट डिबी साउँद, प्रदेश भूगोल खुलाबाट कमल राज तिमिल्सेना र दलित खुलाबाट मोति बिक (महेन्द्र) रहेका छन् ।

उनीहरुमध्ये कसैले स्वतन्त्र र कसैले प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल टिमसहित मैदानमा उत्रिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles