

भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा कैलालीबाट पदाधिकारीसहित नौ नेता चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको उपमहासचिवमा लेखराज भट्टसहितका नेता चुुनावी मैदानमा होमिएका छन् ।
भट्ट पार्टीका अहिलेका सचिव एवंम् सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत हुन् । भट्टसँगै केन्द्रीय सदस्यमा नादरमुनी राना, गौरीशंकर चौधरी, लीलाकुमारी भण्डारी, कमला ओली, झपटबहादुर रावल, सन्तोशकुुमारी शर्मा थापा, द्धारिकाप्रसाद न्यौपाने र डेजी पाण्डे उम्मेदवार रहेका छन् ।
उनीहरु मध्ये उपमहासचिवका उम्मेदवार भट्ट, केन्द्रीय सदस्यका उम्मेदवार लिलाकुमारी भण्डारी, गौरीशंकर चौधरी, कमला ओली र सन्तोशकुमारी शर्मा थापा ओली प्यानलबाट हुन् ।
ओलीको प्यानलमा नसमेटिएपछि कैलाली इन्चार्ज समेत रहेका रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने झपट रावल, द्धारिका न्यौपाने र डेजी पाण्डे भने ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका छन् ।


