





जिल्ला प्रहरी कार्यालय पर्साको बिषेश टोलीले विरगंजबाट १ सय ७६ किलो लागु औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीको विशेष टोलीले बिषेश सुचनाको आधारमा खटेको टोलीले विरगंज महानगरपालिका वडा नम्वर १७ स्थित रहेको सिर्सिया प्रहरी चौकीका प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक श्याम वावु यादबको नेतृत्वमा रहेको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्वर १७ का अलौको कोनियाबाट एउटा पिकप सहित १ सय ७६ किलो लागु औषध गाँजा सहित एक जना ब्याक्ती पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा श्रीसिया प्रहरी चौकीकका प्रमुख स्यामबाबु यादवको नेतृत्वमा गरिएको विशेष अभियानमा प्रहरीले बा २१ च ७८५५ नम्बर को पिकअपमा १७६ किलो अवैध लागू औषध गाँजा सहित सुबराज श्रेष्ठ लाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको गाडी पनि नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीका निमित्त प्रहरी प्रवक्ता सुचना अधिकारी प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले जानकारी दिएको छन् । पर्सा प्रहरीका अनुसार थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।


