Thursday, February 26, 2026

पर्सामा १७६ किलो गाँजासहित एकजना पक्राउ :-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले १७६ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बा.२१च ७८५५ नम्बरको पिकअप गाडीका चालक रामेछाप जिल्ला खाँडाडेवी गाउँपालिका– १ का सुवराज श्रेष्ठ रहेका छन्।

प्रहरीले वीरगन्ज महानगरपालिका– १७, कोनियाबाट अलौ जाने क्रममा सोमबार राति ८ बजेको समयमा उक्त गाँजा बरामद गरेको हो। प्रहरी चौकी सिर्सिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव नेतृत्वको टोलीले उक्त गाँजा बरामद गरेको हो।

पिकअप गाडीको पछाडि बोरामा १२ पोकामा लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरी निरीक्षक अमृत बस्नेतले जानकारी दिए।

पर्सा प्रहरीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतका अनुसार जिल्लामा लागुऔषधको ओसारपसार, कारोबार तथा प्रयोगलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउने उद्देश्यले प्रहरी सक्रिय रूपमा परिचालित छ। आगामी दिनमा समेत यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने उहाँले स्पष्ट गर्नुभयो।

पक्राउ विवरण:

१) जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २८ का सुबराज श्रेष्ठ

बरामद विवरण:
– लागुऔषध गाँजा जस्तो देखिने पदार्थ: १७६ केजी
– बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles