नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की नेपाल प्रहरीको नेतृत्वमा आएपछि संगठनको कार्यसम्पादन मूल्यांकन प्रणालीमा व्यापक सुधारको भएको प्रहरी संगठनका प्रहरीले बताउँछन् ।
कार्यसम्पादनलाई वस्तुगत, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित नेपाल प्रहरीले मासिक मूल्यांकन प्रणाली लागू गरेको जनाएको छन् , जसलाई पुरस्कार र बढुवासँग प्रत्यक्ष रूपमा जोडिएको जनाइएको छ ।
नयाँ कार्यविधिअनुसार अब प्रदेश प्रहरी प्रमुख (डिआइजी), जिल्ला प्रहरी प्रमुख (एसएसपी, एसपी र डिएसपी) तथा तालिम केन्द्रका समादेशकहरूको मूल्यांकन हरेक महिना तोकिएका सूचकका आधारमा हुनेछन् ।
२०८२, पुस १ गतेदेखि नयाँ मूल्यांकन प्रणाली लागू भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


