सशस्त्र प्रहरी पश्चिम नवलपरासीले नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित धनको परालमा लुकाइ छिपाइराखेको ठूलो मात्रामा भेप बरामद गरेको सशस्त्र प्रहरी नवलपरासीले जनाएको छ ।
नेपालबाट अवैध रूपले भारतर्फ लैजान उद्देश्यले परालको कुन्युमा लुकाइएको अवस्थामा सशस्त्रको नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले भेप बरामद गरेको जनाएको सशस्त्र प्रहरीले बताउँछन् ।
सशस्त्रले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिएको छन् ।बरामद गरिएको भेप महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाइएको डीएसपी थापाले जनाएको छन् ।


