
कैलाली जिल्लाको चुरे गाउँपालिका–५ स्थित मौरी गाउँको बाँसपानी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट अवैध रूपमा कटान गरिएको १२८ क्यूफिट चिरान गरिएको काठ बरामद गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख तथा डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरको नेतृत्वमा गएको टोलीले विशेष सुराकीका आधारमा वन क्षेत्र बाट ल्याइ गाउका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको काठ बरामद गरेको बताइएको छ ।
डिभिजनल वन अधिकृत ठाकुरका अनुसार चुरे क्षेत्रमा काठ चोरी–तस्करी भइरहेको भन्ने सूचनापछि गस्तीका क्रममा दुई सय १० थान चिरान गरिएको कडी र २३ थान फ्रेम बरामद गरिएको जनाको छन् ।
तस्करहरूले जंगलमै हाते आरा प्रयोग गरी काठ चिरान गरेर बिक्रीका लागि सिस्नु र बाँसको झाङभित्र लुकाइ राखेको अवस्थामा उक्त काठ बरामद गरिएको बताइएको छ ।
काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र छिट्टै पक्राउ गरिने डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजनल वन अधिकृत रामबिचारी ठाकुर गत शुक्रबार मात्रै कार्यालयमा हाजिर भएका लगत्तै काठ तस्करी र अवैध फडानी व्यापक रूपमा भइरहेको भन्ने सूचना प्राप्त भएपछि उनले गस्तीमा सक्रिय रूपमा खटिनु भएको छन् । ठाकुर हाजिर भएपछि वन तस्करहरूमा भागाभाग मच्चिएको स्थानीयहरुले बताएका छन् ।


