सशस्त्र प्रहरी बलको स्थापना भएदेखि अहिलेसम्मको इतिहास हेर्दा, प्रायः अन्तिम समयमा प्रशासन बिभागका प्रमुख नै सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने परम्परा रहिआएको छ। यस ऐतिहासिक प्रवृत्तिले प्रशासनिक अनुभव, संगठन परिचालन क्षमता, र नेतृत्व गुणलाई उच्च प्राथमिकता दिएको स्पष्ट देखाउँछ। हाल पनि स्थिति यस्तै देखिन्छ। वर्तमानमा एक नम्बरमा रहेका अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल कार्य बिभागबाट प्रशासन बिभागमा हालै सरुवा भएका छन् ।
उनी आफ्नो प्रतिस्पर्धी अधिकारीहरूभन्दा ६ महिना सिनियर छन्, जसले उनको अनुभव र वरिष्ठताको आधार बलियो बनाएको छ।
हालका सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आगामी बैशाख १८ गते आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अवकाश हुन लागेका छन्। यस स्थितिमा ऐतिहासिक प्रवृत्ति र वरिष्ठताको आधारमा प्रशासन बिभागमा हालै सरुवा भएका अतिरिक्त महानिरीक्षक पौडेलको महानिरीक्षक पदमा नियुक्त हुने सम्भावना उच्च देखिन्छ। सशस्त्र प्रहरी बलमा महानिरीक्षक बन्नका लागि प्रशासन बिभागमा नेतृत्व गरेको अनुभव अति आवश्यक मानिन्छ। प्रशासन बिभागले संगठनको नीति, मानव संसाधन व्यवस्थापन, सरुवा–बढुवा प्रक्रिया, र बजेट÷सञ्चालन सम्बन्धी निर्णयहरूमा प्रत्यक्ष अनुभव दिन्छ। यही कारणले प्रायः प्रशासन बिभागको प्रमुखलाई महानिरीक्षक पदमा बढुवा गरिन्छ।कार्य÷अन्य बिभागमा लामो सेवा भए पनि महानिरीक्षक पदमा बढुवा हुनु अपेक्षाकृत कम देखिन्छ। यसको कारण प्रशासनिक अनुभव र संगठन सञ्चालनको व्यापक ज्ञानलाई प्राथमिकता दिइनु हो। वरिष्ठता र संगठनको अनुभवलाई ऐतिहासिक दृष्टिले उच्च महत्व दिइन्छ। यो प्रवृत्तिले बलको दीर्घकालीन स्थायीत्व र नेतृत्वको स्थिरता सुनिश्चित गर्दछ। वर्तमान परिस्थिति अनुसार, प्रशासन बिभागमा हालै सरुवा भएका अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक बन्ने बाटो खुल्ने छ। वरिष्ठता, प्रशासनिक अनुभव, र संगठनसँगको परिचितीले उनलाई नियुक्तिका लागि बलियो उम्मेदवार बनाउँछ।
सशस्त्र प्रहरी बलको ऐतिहासिक तथ्यांक र वर्तमान परिस्थितिको आधारमा भन्न सकिन्छ। प्रशासन बिभागको नेतृत्व नै क्ष्न्ए बन्ने प्रमुख आधार हो।वरिष्ठता र प्रशासनिक अनुभवलाई प्राथमिकता दिइन्छ।ऐतिहासिक र वर्तमान स्थितिले संकेत गर्दछ कि अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलको महानिरीक्षक पदमा नियुक्ति उच्च छ।यो विश्लेषणले सशस्त्र प्रहरी बलको नियुक्ति प्रक्रियामा प्रशासनिक अनुभव र वरिष्ठता कति महत्वपूर्ण छन् भन्ने स्पष्ट देखाउँछ।
सशस्त्र प्रहरी बल स्थापना २०५७ सालदेखि अहिलेसम्मका प्रमुखहरूमध्ये प्रमुखहरू कृष्ण मोहन श्रेष्ठ — पहिलो , सहवीर थापा — दोस्रो , बासुदेव ओली — तेस्रो, सनत कुमार बस्नेत — चौथो , किशोर कुमार लामा — पाँचौँ , शैलेन्द्र कुमार श्रेष्ठ — छैठौँ , कोपराज वन्त — सातौँ , ड्ड दुर्ज कुमार राई — आठौँ , ड्ड सिंहबहादुर श्रेष्ठ — नवौँ , शैलेन्द्र खनाल — दशौँ रहेका छन् । यसैक्रममा पुष्पराम केसीलाई ११औं प्रमुखको रूपमा १९ दिनका लागि नियुक्त गरिएको थियो। हालकै १२ औं महानिरीक्षकको रूपमा राजु अर्याल कार्यरत छन्।नव जनप्रहारबाट ।


