
भारत देशको बिहार प्रदेश बेगुसराय जिल्ला बखडी पोष्ट खगडिया ग्राम बेला बस्ने वर्ष २० को सनी सोनीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ कृष्णनगर एरियामा सुन,चाँदी तथा पित्तलका गरगहनाहरु सफा गर्ने (टल्काउने) भनि स्थानिय मानिसहरुलाई झुक्यानमा पारी सुन,चाँदी,पित्तल ठगी गर्ने उद्देश्यले कृष्णनगर बजारमा सुन तथा चाँदीका गरगहनाहरु सफा गर्दै गरेको अवस्थामा मिति २०८२।०९।०३ गते दिनको अन्दाजी १६:०० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ०२ स्थितमा फेला पारी पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दिन पाँच (०५) को म्याद थप भई थप अनुसन्धान भईरहेको कपिलवस्तुका प्रहरी जानकारी दिएको छन् ।


