Sunday, February 1, 2026

नेपाल प्रहरी जवानको आधारभूत तालिम समारोह सम्पन्न:-

ताजा / भरखरै प्राप्त

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा मिति २०८१ माघ २७ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिम ८-११३ औं समूहको आज मिति २०८२ पौष ११ गते लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रद्देय श्रीमान् प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको जनाइएको छ । समारोहमा प्रमुख अतिथि श्रद्देय श्रीमान् प्रहरी नायव महानिरीक्षकज्यूले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरूलाई पुरस्कार वितरण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन प्रदान गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रद्देय श्रीमान् प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेश कार्यालय, बुटवलका अनुसन्धान निर्देशक रामप्रसाद दासज्यु, मध्य पश्चिम पृतना, बुटवलका महासेनानी राजेन्द्र पराजुलीज्यु, श्री २२ नं. बाहिनी आर्मी ब्यारेक, बुटवलका महासेनानी (सहायक बाहिनीपति) गौतम चन्द्र के.सीज्यु, यस केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरज्यू,गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, सुरक्षा कार्यालय भैरहवाका प्रहरी बरिष्ठ उपरीक्षक राकेश सिंहज्यु, नेपाल प्रहरी प्रदेश कार्यालय,भैरहवा रुपन्देहीका प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्काज्यु, नेपाल आर्मीका प्रमुख सेनानीज्युहरु, प्रहरी उपरीक्षकज्युहरु, प्रहरी नायब उपरीक्षकज्युहरु, बिभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिज्युहरु ,सशस्त्र प्र.ना.उ.ज्यु, प्रहरी निरीक्षकज्युहरु, जनप्रतिनिधिज्युहरु, उद्दोग ब्यवसायीज्युहरु, संचारकर्मीज्युहरु, पुर्व प्रहरी कर्मचारीज्युहरु, अभिभावकज्युहरु साथै यस केन्द्रमा रहेका सम्पुर्ण प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रमुख अतिथिज्यूले निर्देशनको क्रममा २३४ दिन कार्य अवधिको प्रशिक्षणबाट सफलता हासिल गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रशिक्षार्थी प्रहरी जवानहरूलाई बधाई दिई नेपाल प्रहरी संगठनमा स्वागत समेत गर्नुहुँदै नेपाल प्रहरी हुनुमा जति गर्व जोडिएको हुन्छ, त्यति नै चुनौतीहरू पनि गाँसिएर आउने कुरा बताउनु भएको थियो । प्रहरी सेवा केवल जागिर मात्रै नभइ एउटा जीवनशैली पनि रहेको र यस सेवामा हामीलाई हरघडी अथक प्रयास, पवित्र निष्ठा, अदम्य साहस र अविचल्लित समर्पणको आवश्यकता रहेको बताए छन् ” । प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको हुने र राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा नभई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्न निर्देशन दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले सम्पन्न गर्न यस केन्द्रका समादेशक लगायत प्रशिक्षकवर्ग र समग्र तालिम केन्द्र परिवारबाट भएको अथक मेहनतको प्रशंसा गर्दै प्रशिक्षण कार्यमा सहयोग पुर्‍याउनु हुने विभिन्न संघ, संस्था र श्रोत व्यक्तिहरु तथा आफ्ना सन्ततिलाई देश र जनताको निःस्वार्थ सेवामा समर्पित गराउन साहस देखाउनु हुने अभिभावकहरू प्रति आभार व्यक्त गर्नुभएको छन् ।
समारोहमा यस तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नुभई प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिज्यूहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस तालिम केन्द्रका समादेशकज्यूले आफ्ना सन्ततिलाई नेपाल प्रहरी मार्फत जनताको सेवामा जनताको सेवामा समर्पित हुन मार्गदर्शन तथा प्रेरणा प्रदान गर्नुहुने आदरणीय अभिभावकज्यूहरूप्रति आभार प्रकट गर्नु हुँदै दीक्षित भई जाने प्रहरी जवानहरुलाई विद्यमान कानुन अनुसार पदीय जिम्मेवारी बहन गर्न सक्षम, सीपयुक्त र दक्ष बनाई प्राप्त जिम्मेवारीहरू प्रभावकारीताकासाथ निर्वाह गर्न शारीरिक रूपमा स्फूर्त, मानसिक रूपमा सबल र कार्य सम्पादनमा व्यावसायिक तुल्याउन सञ्चालित यस तालिमलाई सफलतापूर्वक सञ्चालन गर्न आवश्यक निर्देशनसमेत दिएको छन् । समन्वय र सहयोग गर्नुहुने तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्लास्थित विभिन्न निकायहरू लगायत प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै, समादेशकज्यूले विकास सँगसँगै परिवर्तन हुने सुरक्षा तथा अपराधका क्षेत्रहरूको पहिचान गरी समय सापेक्ष कार्यशैली अंगीकार गरी कानुनले निर्दिष्ट गरेको मार्गनिर्देशन अनुसार सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी सुरक्षा निकायको रूपमा स्थापित हुन संगठनमा आबद्ध सम्पूर्ण प्रहरी कर्मचारीहरूको ज्ञान, सीप, क्षमता र मनोवृत्तिमा सकारात्मक परिवर्तन व्यावसायिक प्रशिक्षण मार्फत मात्र सम्भव हुने कुरा समेत उल्लेख गर्नुभएको थियो ।
समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक यमलाल बन्जाडेज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महिला ७० र पुरूष १४८ गरी कुल २१८ जना प्रशिक्षार्थीहरू दीक्षित यस प्रहरी जवान आधारभूत तालिम ८-११३ औं समूहमा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान भुपेन्द्र गाहा,सर्वद्वितीय प्रशिक्षार्थी जवान रविन्स के.सी , सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान रन बहादुर परियार, शारीरिक व्यायामतर्फ प्रशिक्षार्थी प्रहरी जवान संगम नगरकोटी- प्रथम, अध्ययनतर्फ प्रशिक्षार्थी प्रहरी जवान अनिल एम.सी- प्रथम, कवाजतर्फ प्रशिक्षार्थी प्रहरी जवान माहाविर सिंजाली- प्रथम, प्रहरी युक्ति तथा कारबाहीतर्फ प्रशिक्षार्थी प्रहरी जवान अरुण खत्री-प्रथम, चाँदमारी विधामा प्रशिक्षार्थी प्रहरी जवान केशुलाल बुढा मगर- प्रथम हुन सफल भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles