Tuesday, February 3, 2026

पर्सा प्रहरीद्वारा ६ लाख ७१ हजारसहित तीनजना भारतीय पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको ६ लाख ७१ हजार ९५० हुण्डी रकमसहित तीनजनालाई पर्साका प्रहरीले पक्राउ गरेको जनाएको छ ।सूचनाको आधारमा प्रहरीले पुस १४ गते भारत, बिहार बेतिया जिल्ला बैरिया थाना–८ मथौली घर भई हाल वीरगज महानगरपालिका वडा नं. २ छपकैया बस्ने ५० वर्षीय अनवर मियाँ र सोही ठाउँका २२ वर्षीय महमद कैफ अहमदलाई भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा वीरगंज–१० मकालु चोकबाट पक्राउ गरेको पर्साका प्रहरीले बताउँछन् ।

प्रहरीले अनवर र कैफको साथबाट नगद रु तीन लाख बरामद गरेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् ।
यसैगरी भारत, बिहार मोतिहारी थाना दरपा ग्राम पञ्चायत गम्हरियाकला वडा नं. ३ बस्ने ४८ वर्षीय फूल महम्मदलाई लु ४१ प ६८९७ नम्बरको मोटरसाइकलसहित दुई लाख ४१ हजारसहित मकालु चाोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो ।दुवैजनाले नगदको स्रोत खुलाउन नसकेपछि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा पक्राउ गरी पर्सा जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता (डिएसपी)कार्कीले जानकारी गराएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles