Sunday, May 31, 2026

मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरीकको छापा ७ पोका कपडा नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

वीरगञ्ज,२३ पुस

पर्साका वीरगञ्जको तस्कर मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरीको छापा, लाखौंको अवैध सामान बरामद भएको छ ।
लामो समयदेखि तस्करी गतिविधिमा संगलग्न रहेको आरोप लाग्दै आएको विवादित व्यवसायी मदन गुप्ता उर्फ रुन्चे मदनको गोदाममा सशस्त्र प्रहरी पर्साले छापामारी गरेको छ । पर्साका बिरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) नामका गोदाममा सशस्त्र प्रहरी पर्साले छापा मार्दै सात पोका कपडा लाखौं रुपैयाँ बराबरको अवैध सामग्री नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पर्साले जनाएको छन् ।

देशकै चर्चित तस्कर मदन गुप्ता ऊर्फ रुन्चेको गोदाममा आज सशस्त्र प्रहरीले छापामारी गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जको आदर्शनगरस्थित “जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट)” को गोदाममा छापा मारेको हो । छापामारीका क्रममा प्रहरीले उनको गोदामबाट लाखौँ मूल्य बराबरको लत्ताकपडा जफत गरेको सशस्त्र प्रहरीले जनाएको छ । गत चैत महिनामा पनि सो गोदाममा करिब २० लाख रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरिएको थियो ।

तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले उक्त तस्करीको सामान मदन गुप्ता ऊर्फ रुन्चे मदनको गोदामसँग सम्बन्धित भएको भनी प्रहरी प्रतिवेदन वीरगञ्ज भन्सार कार्यालयमा पेश गरेका थियो । तर, स्रोतका अनुसार मदन गुप्ता वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत केही घुसखोर कर्मचारीहरूको संरक्षणमा रहँदा हालसम्म उनीमाथि कुनै ठोस कारबाही अघि बढेको छैनन् ।

सशस्त्र प्रहरीको यस छापामारीले विवादित तस्करीको मामिलामा आवश्यक अनुसन्धान र कानुन बमोजिम कारबाही हुने, विश्वास गरिएको छ । केही दिन अगाडी पियाज बोकेको गाडी भित्र कपडाको गाट काठमाडौं प्रहरीले काब्रेमा ४४ पोका पक्राउ गरेको थियो, सिन्धुलि जिल्लामा सिन्धुली प्रहरीले १८ पोका ट्रकसहित पक्राउ गरेको थियो, कहिले सशस्त्र प्रहरीको छापा त कहिले नेपाल प्रहरीको छापा त कहिले राजस्वका टोलीद्वारा गोदाम छापा, त कहिले ट्रक भित्र कपडाको पोको समाएको समाएको समाए छन् “सुरक्षाकर्मी” तर कुनै ठोस कारबाही नभएको देखिन्छ, ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles