Sunday, February 1, 2026

बढ्दो चिसो र हुस्सुले तराईको जनजीवन प्रभावित:-

ताजा / भरखरै प्राप्त

तराई–मधेस क्षेत्रमा पछिल्ला केही लामो समय दिनदेखि बढ्दो चिसो र बाक्लो हुस्सुका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छन् । बिहान र साँझको समयमा बाक्लो हुस्सुले सडक दृश्यता अत्यन्त न्यून हुँदा यातायात प्रभावित भएको देखिन्छ छ, भने चिसोका कारण वृद्ध, बालबालिका तथा विपन्न वर्ग बढी प्रभावित भएका छन्।


विद्यालय जाने बालबालिकालाई चिसोले समस्या थपेको छ। कतिपय विद्यालयमा उपस्थिति घटेको छ, भने बिहानै खुल्ने विद्यालय सञ्चालनमा कठिनाइ देखिएको छ। स्थानीय बासिन्दाका अनुसार न्यून आय भएका परिवारमा न्यानो कपडा र सुरक्षित आवासको अभावका कारण चिसोको असर गम्भीर बन्दै गएको देखिएको छ।


स्वास्थ्य क्षेत्रमा पनि चिसोको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या र दमका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम समेत बढेको छ।
यसबीच, चिसोबाट जोगिन सरकार तथा सम्बन्धित निकायको ठोस राहत कार्यक्रम नदेखिएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।


न्यानो कपडा वितरण, अस्थायी आश्रयस्थल, विद्यालय समय व्यवस्थापन तथा स्वास्थ्य शिविरजस्ता तत्कालीन पहल आवश्यक भए पनि ती पर्याप्त रूपमा कार्यान्वयन नभएको गुनासो स्थानीयहरुको रहेको छ ।
स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि दीर्घकालीन र प्रभावकारी राहत योजनाको अभावले समस्या जस्ताको तस्तै रहेको सरोकारवालाहरूको भनाइ छ। चिसो अझै केही दिन बढ्ने मौसम पूर्वानुमान रहेकाले समयमै समन्वित पहल नगरे जनजीवनमा थप कठिनाइ आउन सक्ने बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles